आज देशभरका उच्च अदालतमा प्रर्दशन सुरू
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १२:०९:०० मा प्रकाशित

काठमाडौं । आज देशभरका उच्च अदालतमा प्रर्दशन सुरू भएको छ ।
उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गर्दै छ। करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलन अन्तर्गत बुधबार उच्च अदालतहरूमा प्रदर्शन गरिएको हो ।
अदालतमा धर्नासहित उच्चमा पनि आन्दोलनका कार्यक्रम विस्तार गरिएको बारले जानकारी दिएकाे छ । बारले अहिले सर्वोच्च अदालतमा नारा जुलुससहित धर्ना दिइरहेको छ ।
उच्च अदालत पाटनमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ आफैं जाने छन् । उच्च अदालत इलामको विरोध सभालाई सम्बोधन गर्न बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्काका साथै केन्द्रीय सदस्य खिमानन्द अधिकारी त्यहाँ पुगेका छन् । धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नाम खटिएका छन् ।
विराटनगर उच्च अदालतमा बारका पूर्वउपाध्यक्षहरू टीकाराम भट्टराई र सीताराम राईलाई जिम्मेवारी दिइएको छ । त्यहाँ केन्द्रीय सदस्य मनोजकुमार चौधरीलाई पनि पठाइएको छ । पूर्वमहासचिव र उपाध्यक्षहरुलाई पनि उच्च अदालत तोकिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस