राजनीति

पुर्वमन्त्री श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडाैं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी ललितपुर क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि खुलातर्फ पराजित भएका हुन् ।

उनले मात्र १ सय ८३ मत प्राप्त गरेका छन् ।

श्रेष्ठ कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको केन्द्रीय समितिका सदस्य समेत हुन् ।

उनी २०४८ पछिको संसदकालमा पटकपटक मन्त्री भएका थिए ।

गाउँ सहर संवाददाता