नेपाल टेलिकममा राेजगारीकाे अवसर
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | १३:२५:०० मा प्रकाशित

काठमाडाैं । नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । टेलिकमले शुक्रबार एक सूचना प्रकाशित गर्दै जुनियर टेक्निसियन देखि उपप्रबन्धकसम्म गरेर २७० जनाका लागि रोजगारी खुला गरेको हो ।
टेलिकमले खुला तथा समावेशी, आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्न लागेको हो। टेलिकमले लोक सेवा आयोगबाट सहमति पाएपछि पदपूर्ति प्रक्रिया अघि बढाएको छ ।
टेलिकमले उपप्रबन्धक टेलिकम ३ जना, उपप्रबन्धक लेखा १ जना, उपप्रबन्धक प्रशासन १ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना माग गरेको छ ।
त्यस्तै टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना माग गरेको छ ।
त्यस्तै ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जना माग गरेकाे छ ।
टेलिकमले इच्छुक पदमा अनलाइनबाट आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने अन्तिम म्याद मंसिर २३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख गरिएकाे छ ।
आवेदकले नेपाली नागरिकको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइज फोटो, दस्तखतको नमूना, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका अनलाइनबाट अपलोड गर्नुपर्नेछ ।
आवेदकहरुले टेलिकमको वेबसाइटमार्फत् अनलाइन प्रणालीबाट दरखास्त दिन सक्नेछन् । अनलाइन आवेदन दिएपछि आवेदकहरुले परीक्षा शुल्क नमस्ते पे, कनेक्ट आइपीएस, इसेवा तथा खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस