नेपाल टेलिकममा राेजगारीकाे अवसर
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | १३:२५:०० मा प्रकाशित
काठमाडाैं । नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । टेलिकमले शुक्रबार एक सूचना प्रकाशित गर्दै जुनियर टेक्निसियन देखि उपप्रबन्धकसम्म गरेर २७० जनाका लागि रोजगारी खुला गरेको हो ।
टेलिकमले खुला तथा समावेशी, आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्न लागेको हो। टेलिकमले लोक सेवा आयोगबाट सहमति पाएपछि पदपूर्ति प्रक्रिया अघि बढाएको छ ।
टेलिकमले उपप्रबन्धक टेलिकम ३ जना, उपप्रबन्धक लेखा १ जना, उपप्रबन्धक प्रशासन १ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना, वरिष्ठ व्यापार अधिकृत १ जना माग गरेको छ ।
त्यस्तै टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना माग गरेको छ ।
त्यस्तै ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जना माग गरेकाे छ ।
टेलिकमले इच्छुक पदमा अनलाइनबाट आवेदन दिन आह्वान गरेको छ । आवेदन दिने अन्तिम म्याद मंसिर २३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख गरिएकाे छ ।
आवेदकले नेपाली नागरिकको प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइज फोटो, दस्तखतको नमूना, शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका अनलाइनबाट अपलोड गर्नुपर्नेछ ।
आवेदकहरुले टेलिकमको वेबसाइटमार्फत् अनलाइन प्रणालीबाट दरखास्त दिन सक्नेछन् । अनलाइन आवेदन दिएपछि आवेदकहरुले परीक्षा शुल्क नमस्ते पे, कनेक्ट आइपीएस, इसेवा तथा खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस