आज अमेरिकी सहायक विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कासँग भेट्दै
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | १०:५०:०० मा प्रकाशित

काठमाडाैं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट्दैछन् ।
उनीहरूबीच एमसीसी सम्झौता, दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुनेछ । सहायक विदेशमन्त्री लु र परराष्ट्रमन्त्री खड्काबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता हुनेछ ।
लुले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा शिष्टाचार भेट गरेका थिए । भेटका क्रममा दुई देशबीचको पारस्पारिक सम्बन्ध, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।
नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारहरूसँग परिचित हुन लु तीन दिने भ्रमणका लागि बुधबार बेलुका नेपाल आइपुगेका हुन् ।
काठमाडौं बसाइँका क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ ।
साथै, नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन पनि गर्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस