गाउँ सहर

प्रधानन्यायाधीश जबराले बाेलाए फुलकोर्ट, असन्तुष्ट १८ न्यायाधीश पनि सहभागी हुने

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे एक बजेका लागि बैठकको समय तय भएको छ । 

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि रहेकाे छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । 

प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको  भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत