जाँड–रक्सी लगायत वस्तुकाे विज्ञापन गर्ने सञ्चार माध्यमहरूलाई कारबाही हुन्छ : अध्यक्ष हुमागाईं
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | १५:०७:०० मा प्रकाशित

काठमाण्डाै । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी जाँड–रक्सीलगायत वस्तुकाे विज्ञापन गर्ने सञ्चार माध्यमहरूलाई कारबाही गरिने बताएका छन् ।
अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यममा रक्सी लगायत वस्तुकाे विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानुनअनुसार कारबाही गरिने बताएका हुन् ।
उनले बोर्ड अहिले विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दाताहरूलाई पत्राचार गर्ने तयारीमा रहेको समेत बताए । अध्यक्ष हुमागाईंले ऐनले रक्सी तथा सुर्तीलगायत पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताएका छन् ।
उनले भने, ‘जनस्वास्थ्य सेवा ऐन २०७५ मदिरा, सुर्तीजन्य पदार्थहरूको विज्ञापन गर्न रोक लगाएको छ, विज्ञापनको उत्पादन, प्रसारण, वितरण र प्रकाशन गर्न रोक लगाएको छ र हामीले यही कात्तिक २५ गते त्यस्ता पदार्थहरूको विज्ञापन उत्पादन, प्रकाशन तथा प्रसारणको काम नगर्नू/नगराउनू भनेर एउटा विज्ञापन जारी गरेका छौँ र त्यसयता केही पत्रपत्रिकाहरूले विज्ञापन प्रकाशन/प्रसारण गरेका छन्, हामी ती प्रकाशन/प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई समेत पत्राचार गर्दैछौँ । यदि कुनै व्यक्ति वा संस्थाले विद्यमान कानुनको प्रतिकूल कुनै काम गर्छ भने त्यस्ता व्यक्ति वा संस्थालाई त्यही कानुन बमोजिम कारबाही हुन्छ ’ ।
राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घले पनि सार्वजनिक सञ्चार माध्यम र पत्रपत्रिकामा रक्सीलगायत वस्तुको विज्ञापन प्रकाशन/प्रसारण गरेकोमा विरोध गरेको छ । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चार माध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताए । उनले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर रक्सीको विज्ञापन निकाल्दा प्रशासन, सरकार र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाए । अध्यक्ष अधिकारीले कानुनले वर्जित गरेका काम गर्नेहरूलाई कानुन बमोजिम कारबाही गर्न माग गरे ।
सङ्घका अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताए । उनले कानुनमा भएको कुरालाई हुबहु लागू गराउनुपर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरूले बढी चासो दिनुपर्ने बताउँदै भएको कानुनलाई लागू गराउनुपर्ने बताए । अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरूमा रक्सीलगायत कुनै वस्तुहरूकाे विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस