बुधबारदेखि सर्वोच्च अदालत नियमित सुचारु हुने, प्रधानन्यायाधीश विरुद्धको विद्रोह विफल
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १६:१५:०० मा प्रकाशित

काठमाडाैं । बुधबारदेखि सर्वोच्च अदालत नियमित प्रक्रियामा अघि बढ्ने भएको छ । बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाई प्रभावित हुँदै आएकोमा आज ६ न्यायाधीशहरु इजलासमा फर्किएर मुद्दाको सुनुवाई गरेसँगै नेपाल बारको आन्दोलन कमजोर हुने अनुमान गरिएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गर्दै आइरहेको छ । बारले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना कार्यक्रम आयोजना गरेको थियो ।
आज न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएपछि बारको आन्दोलन विफल हुने विश्लेषण गरिएको छ । आज न्यायाधीशद्धय श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ । त्यस्तै, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म बहसमा नजाने र आन्दोलन जारी राख्ने भन्दै आएको बारमा पनि वकिलहरु विभाजित छन् । प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ । बारकै पूर्व अध्यक्ष शेरबहादुर केसी आन्दोलनमा सहभागी भएका छैनन् ।
केसीले न्यायाधीशहरुले सुनुवाई बन्द गर्नु गलत भएको धारणा सुरुदेखि नै राख्दै आएका छन् ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको विद्रोह विफल भएको छ । विद्रोहमा उत्रिएका १९ न्यायाधीशमध्ये अधिकांश ब्याक भएपछि विद्रोह विफल भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस