उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बोलाइयाे
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १३:४९:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समितिको पहिलो बैठक बोलाएका छन् । पौडेलले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक राजनीति, आसन्न राष्ट्रियसभा निर्वाचन, समितिको कार्यविधि, समितिको सचिवालय बनाउने लगायतका विषयमा छलफल हुने स्राेतले जनाएकाे छ । समिति गठन गरेको दिन कात्तिक ३० गते पहिलो बैठक गर्ने सहमति भएको थियो । त्यसै अनुसार आज बैठक बोलाइएको हो ।
समन्वय समितिमा नेपाली कांग्रेसबाट पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल रहेका छन् । यस्तै समितिमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस