नेपाल र कतारबीच टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदै
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १०:३६:०० मा प्रकाशित
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मंगलबार पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्न लागेको हो । महिला क्रिकेट टोलीले पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न लागेको हो ।
यस्तै नेपाली क्रिकेट महिला टोलीले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । पछिल्लो पटक महिला टोलीले १३ औं साग खेलकुद खेलेको थियो ।
सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।
विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस