नेपाल र कतारबीच टी–२० क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदै
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १०:३६:०० मा प्रकाशित
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मंगलबार पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्न लागेको हो । महिला क्रिकेट टोलीले पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न लागेको हो ।
यस्तै नेपाली क्रिकेट महिला टोलीले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । पछिल्लो पटक महिला टोलीले १३ औं साग खेलकुद खेलेको थियो ।
सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।
विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस