नेपाल बन्दको आंशिक प्रभाव, सडकमा बिस्तारै सवारीको चाप बढ्दै
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १०:००:०० मा प्रकाशित
(1).jpeg)
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरिएको बन्दका कारण सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने बसपार्कहरुबाट लामो दूरीका यातायातका साधनसमेत छुटेनन् ।
निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीचाहिँ सडकमा गुडिरहेका छन् । बन्द आह्वानकर्ताले यसअघि नै अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने रोक नलगाउने बताएको थियो ।
पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।
मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस