घुस लिँदै गर्दा २ जना वडा सदस्य पक्राउ
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १६:२९:०० मा प्रकाशित
काठमाडौं । सर्लाहीमा २ जना वडा सदस्य सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् ।
ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न गरेको सिफारिस गरिदिए वापत लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवै जनालाई पक्राउ गरेको जनाएकाे छ ।
पूर्व सूचनाको आधारमा अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले दुवै वडा सदस्यलाई सर्लाहीको लालबन्दी– ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
प्रतिकृया दिनुहोस