घुस लिँदै गर्दा २ जना वडा सदस्य पक्राउ
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १६:२९:०० मा प्रकाशित
काठमाडौं । सर्लाहीमा २ जना वडा सदस्य सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् ।
ईश्वरपुर नगरपालिका वडा नम्बर ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
ढलानसम्बन्धी काम सम्पन्न गरेपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न गरेको सिफारिस गरिदिए वापत लिएको १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवै जनालाई पक्राउ गरेको जनाएकाे छ ।
पूर्व सूचनाको आधारमा अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले दुवै वडा सदस्यलाई सर्लाहीको लालबन्दी– ७ स्थित सोनेलाल साहको कृष्ण इन्टरप्राइजेजबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता नारायण प्रसाद रिसालले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस