अर्थतन्त्र

नेप्से दाेहाेराे अंकले बढ्दा सत्ताइस सय नाघ्याे

काठमाडौं । निरन्तर ओरालो लागिरहेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको दोस्रो दिन आज सोमबार दाेहाेराे अंकले बढेकाे छ ।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २६.४४ अंक बढेर २७१५.३५ विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३७ अंक बढेको छ ।

त्यस्तै, आज नेप्सेमा ४ अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि चार अर्बको कारोबार भएको थियो ।     

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।    

त्यस्तै, आज महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ४.४६ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज ३५ करोड ४६ लाख भन्दा बढीको कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा बढी संख्यामा किनबेच भएको छ । आज यसको ८ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको हो ।                

गाउँ सहर संवाददाता

तपाईँको मत