ॐ चाबहिल डेन्टलकाे नि:शुल्क दन्त शिविरबाट काभ्रेमा दुई हजारभन्दा बढि लाभान्वित
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १४:१०:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । ॐ चाबहिल डेन्टल अस्पतालले काभ्रेमा तीन दिने नि:शुल्क दन्त तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
ॐ चाबहिल डेन्टलले चाैंरी देउराली गाउँपालिका काभ्रे तथा जर्मन नेपाल सहयाेग संघ र विकासका लागि एकता तथा नेत्र ज्याेति संघकाे संयुक्त आयोजनामा नि:शुल्क दन्त तथा स्वास्थ्य घुम्ती शिविर सम्पन्न गरेको हो ।
शिविरबाट काभ्रेकाे चाैंरी देउराली-५ काे नाग्रे गगर्चे, कात्तिके देउराली वरपरका २ हजारभन्दा बढि सेवाग्राहीले नि:शुल्क सेवा लिएको ॐ चाबहिल डेन्टल अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
बिहीबारबाट वडा नं. २ को स्थित डिसीडब्लुसि अस्पताल नाग्रे गाउँपालिका अध्यक्ष दिननाथ गौतम र उपाध्यक्ष ताराकुमारी चौंलागाईंले संयुक्त रुपमा उद्घाटन गरेर शुरु भएको शिविर शनिबार वडा नं. ६ स्थित देउराली स्वास्थ चौकीमा आएर समापन भएको थियो । उक्त शिविरबाट २ हजार ७८ जना स्थानीयले सेवा लिएका छन् ।
सो अवसरमा शिविविरमा सामान्य स्वास्थ्य परिक्षणदेखि स्त्रीरोग परिक्षण, दाँत परिक्षण, आँखा परिक्षण, भिडियो एक्सरे, स्वास्थय शिक्षा तथा परामर्श, औषधि वितरण गरिएको थियो । विशेष गरी ग्रामीण क्षेत्रमा रहेका विपन्न, ज्येष्ठ नागरिक, अस्पतालसम्मको पहुँच नभएका स्थानीयहरुले यस शिविरबाट लाभ लिएकाेडेण्टलका प्रबन्धक निर्देशक अनिल शर्माले बताए ।
निःशुल्क र गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएका छन् । विपन्न, दलित र ज्येष्ठ नागरिकहरु गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुशी भएका हुन् ।
काभ्रे पुगेकाे ॐ चाबहिल डेन्टल अस्पतालले देशका विभिन्न जिल्लामा नि:शुल्क दन्त शिविर सञ्चालन गर्दै आइरहेकाे छ ।
विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको अध्यक्ष घिमिरेले बताए ।
प्रबन्धक निर्देशक शर्माले डेन्टल खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस