सात नेतालाई प्रदेश अधिवेशन गर्न जिम्मेवारी ताेक्याे कांग्रेसले, कहाँ कहाँ हुँदैछ अधिवेशन ?
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | २०:०७:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले संयोजक तोकेको हो ।
निर्णयअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेताहरुबीच गुटगत भागबण्डाको आधारमा यो सहमति जुटाएर निर्णय भएको हो।
कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।
अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहनेछ ।
साथै महाधिवेशनका लागि विभिन्न उपसमितिहरू गठन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पठाइएको छ ।
महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।
भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले जिम्मेवारी पाएका छन्। विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।
प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन् । मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन् ।
स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ । सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छिन् । यी समग्र प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने हुन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस