सात नेतालाई प्रदेश अधिवेशन गर्न जिम्मेवारी ताेक्याे कांग्रेसले, कहाँ कहाँ हुँदैछ अधिवेशन ?
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | २०:०७:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले संयोजक तोकेको हो ।
निर्णयअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई संयोजक तोकिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेताहरुबीच गुटगत भागबण्डाको आधारमा यो सहमति जुटाएर निर्णय भएको हो।
कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।
अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहनेछ ।
साथै महाधिवेशनका लागि विभिन्न उपसमितिहरू गठन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पठाइएको छ ।
महाधिवेशनका लागि अर्थ संकलनका लागि सञ्चार मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।
भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले जिम्मेवारी पाएका छन्। विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।
प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन् । मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन् ।
स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ । सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छिन् । यी समग्र प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने हुन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस