कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशन केन्द्रित छलफल
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | ०८:२८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले कार्यतालिका तय गरेको थियो । कांग्रेसको महाधिवेशन २४ देखि २६ मंसिरका लागि काठमाडौंमा तय भइसकेको छ ।
त्यसैगरि महाधिवेशन मूल समारोह समितिसहित करिब एक दर्जन समिति र उपसमितिहरु गठन गर्ने भएको छ ।
बैठकले सात प्रदेश र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न समितिहरु गठन गर्ने मुख्यसचिव पौडेलले जानकारी दिए । ‘महाधिवेशन सम्पन्न गराउनका लागि विभिन्न समिति चाहिन्छन् । सभापतिज्यूको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्यहरु, काठमाडौं उपत्यकाका जिल्ला सभापति र सांसदहरु समेत सम्मिलित मुल समिति गठन हुन्छ,’ पौडेलले भने, ‘यसबाहेक महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने करिब एक दर्जन समितिहरु गठन हुन्छन् ।’ उनका अनुसार नीति तथा कार्यक्रम तयारी, आर्थिक, सांस्कृतिक, खाना र आवास, स्वागत सत्कारलगायत समितिहरु गठन हुँदैछन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको सहभागिता रहनेछ ।
आजको बैठकमा भ्रातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस