चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | २०:४०:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न भएको छ । अनुशासन र समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत कार्तिक २२ गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण समेत सम्पन्न भएको विद्यालयले जनाएको छ ।
पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउँदै खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राखे ।
१६ ओटा समूहको सहभागिता रहेको फुटबल प्रतियोगितामा भेट्रान्स समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा ९ ले हासिल ग-यो । भेट्रान्स समूहले कक्षा ९ समूहलाई ४—३ गोलले पराजित गर्दै चौथो डायमण्ड रनिङ सिल्डको उपाधि जित्न सफल भएको हो ।
विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायको सभापतित्वमा संचालन भएको समापन कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोका, व्यवस्थापक हरि प्रसाद लामिछाने, शिक्षक नारायण प्रसाद पराजुली लगायतले बोलेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस