चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | २०:४०:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न भएको छ । अनुशासन र समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत कार्तिक २२ गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण समेत सम्पन्न भएको विद्यालयले जनाएको छ ।
पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउँदै खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राखे ।
१६ ओटा समूहको सहभागिता रहेको फुटबल प्रतियोगितामा भेट्रान्स समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा ९ ले हासिल ग-यो । भेट्रान्स समूहले कक्षा ९ समूहलाई ४—३ गोलले पराजित गर्दै चौथो डायमण्ड रनिङ सिल्डको उपाधि जित्न सफल भएको हो ।
विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायको सभापतित्वमा संचालन भएको समापन कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोका, व्यवस्थापक हरि प्रसाद लामिछाने, शिक्षक नारायण प्रसाद पराजुली लगायतले बोलेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस