धितोपत्र बोर्डको अध्यक्षका लागि ११ जनाको दाबी
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बिहीबार, २०७८ | १६:५६:०० मा प्रकाशित
काठमाडाैं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ११ जनाको निवेदन परेको छ ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको थियो ।
निवेदन दिनेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेको पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, अनिल पौडेल, लगानीकर्ता डा. केशव प्रसाद श्रेष्ठ, गैह्र आवासीय नेपाली रमेश हमाल, धितोेपत्र बोर्डको पूर्व कर्मचारी जीवन अमगाई र प्रभु बैंकको पूर्व सञ्चालक श्रीमति अम्बिका शर्मा लामिछाने छन् ।
धितोपत्र बोर्डको अध्यक्षका लागि नियुक्तिको लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
प्रतिकृया दिनुहोस