अध्यन्तलाई धितोपत्र बोर्डबाट लगानी कोष प्रवन्धकको इजाजत
- गाउँ सहर संवाददाता
- ३ असोज सोमबार, २०७९ | ११:१२:०० मा प्रकाशित

काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । सेबोन -विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दिएको छ ।
आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्नेछ ।
आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार, सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ । आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूणर् रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने- हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्यसहित नेपाललाई मध्य-आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग-व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं ।
आध्यन्तको बारेमा
आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक फर्म हो, जसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पूँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने हो । हामीले लगानीलाई पहुँचयोग्य बनाएर र संगठित रूपमा उद्यमीहरूलाई संलग्न गराएर, सँगै जोखिम वहन गर्ने र हरेक पाइलामा उनीहरूलाई सहयोग गरेर नेपाललाई दिगो विकासका लक्ष्यहरू प्राप्ति गरी मध्य-आय भएको देशमा स्तरोन्नति गर्नेतर्फ सहयात्री बन्ने योजना बनाएका छौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, र लक्ष्मी बैंक लिमिटेड जस्ता संस्थागत लगानीकर्ताहरू र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवद्र्धित आध्यन्त नेपालमा पूंजी परिचालन मार्फत आर्थिक विकासका लागी सार्वजनिक-निजी साझेदारीको उत्कृष्ट मोडेलका रूपमा स्थापना भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस