काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर रणाले मंगलबारका लागि पेसी तोकेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिरहेका बेला राणाले मंगलबारका लागि १० इजलास तोकेका छन् ।
राणाले न्यायाधीशहरुको संयुक्त इजलास तोक्दा आफ्नो एकल इजलास तोकेका छन् । प्रधानन्यायाधीशले नियमित मुद्दामा पेसी तोकेपछि न्यायाधीशहरु इजसालमा बस्नेमा अन्योल रहेको जनाइएको छ ।
न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणमात्र हेर्ने र राणासँग इजलास शेयर नगर्ने न्यायाधिशहरुले निर्णय गरेका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ नरोक्ने र प्रधानन्यायाधीश राणासँग ‘बेञ्च सेयरिङ’ नगर्ने निर्णय सोमबार गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस