बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिँदै
- गाउँ सहर संवाददाता
- २२ कार्तिक सोमबार, २०७८ | ०८:२७:०० मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिँदै छन्। सत्तापक्षीय गठबन्धनबाट कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त पाण्डेले आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।
बैठकमा पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयमा विश्वासको मतसम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै दर्ता गरिएको थियो। सचिवालयले आजै विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने तयारी गरिएको जनाएको छ।
नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाले मुख्यमन्त्रीमा समर्थन गरेका थिए। सोहीअनुसार विश्वासको मतको पक्षमा यी नै दलहरुले मत दिनेछन्।
गठबन्धनमा रहेका माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद रहेका छन्। मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन वा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको साथ भए पुग्छ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ। उनले मुख्यमन्त्री नियुक्त भएकै दिन ३ जना मन्त्री नियुक्त गरेका थिए। जसमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।
बागमती प्रदेशसभामा प्रतिपक्षी दलहरु एमालेका ४३, विवेकशील साझा पार्टीका ३, राप्रपा र नेमकिपाका २–२ सांसद रहेका छन्।
यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाएपछि पाण्डे मुख्यमन्त्री भएका हुन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
प्रतिकृया दिनुहोस