काठमाडौँ । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को सञ्चित मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको तयारी गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
हालसम्म घोषणा गरेका वाणिज्य बैंकहरुको भन्दा नबिल बैंकको लाभांश सर्वाधिक रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस