अर्थतन्त्र

ज्योति विकास बैंकद्वारा विद्यालयलाई सहयोग

विदुर, खड्गभन्ज्याङ । ज्याेति विकास बैंकले विद्यालयलाई सहयाेग गरेकाे छ । 

नुवाकोटस्थित श्रीप्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत विद्यालयको सूचनाप्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंककोतर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहनराज गिरिले प्रगतिशील माध्यमिक विद्यालयका प्रधानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटरहरु हस्तान्तरण गरेका हुन् ।

बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधिसम्बन्धी सिपको विकास गर्न, विधार्थीहरुमा प्रयोगात्मक सिप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत