वातावरण

पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा

काठमाडौँ । आज २०७८ कार्तिक १६ गते मंगलबार, जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का वर्षाको  सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको  सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता