गुणस्तरीय इन्टरनेट सेवाप्रदायक भायानेटको सेवा अब जनकपुर र बर्दिवासमा
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | ११:४७:०० मा प्रकाशित

जनकपुर । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रा.लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा अब जनकपुर र बर्दिवासमा एकसाथ सेवा सुचारु गरेको छ । यो सेवा विस्तारसँगै कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ ।
भायानेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा संचालन गर्दै आएको छ । त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वित हुन सक्नेछन् । र कम लागतमै गुणस्तरीय इन्टरनेटको सेवाको आनन्द उठाउन सक्ने कम्पनीले बताएकाे छ ।
यसै सन्दर्भमा जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बाँड्न भायानेटले १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना अघि सारेको छ ।
भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवाप्रदायकको रुपमा परिचित भायनेट ISO 9001:2015 प्रामाणिक कम्पनी पनि हो ।
भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्ताको सेवा प्रदान गर्न विश्वका प्रमुख ब्राण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसँग सहकार्य गरेर देशभर पछिल्लो अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ ।
जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिंदै कम्पनीका सिइओ सेवा पाठकले भने, “हामी ग्राहकहरुलाई उच्चकोटी एवं उच्चक्षमताको फास्ट स्पीडको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौं । हाम्रा प्राविधिकहरु हर हमेसा त्यहि लक्ष्यमा समर्पित भएर कार्य सम्पादन गरिरहेका छन् । मलाई विश्वास छ, जनकपुर र बर्दिवासका ग्राहकहरुले अब बिनाकुनै व्यवधान इन्टरनेट सेवाप्राप्त गरेर आफूहरुलाई सारा विश्वसँग जोड्न सफल हुनु हुनेछ ।”
आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकाँश हिस्सा इन्टरनेटकै सेरोफेरोमा बित्ने गर्दछ । यदि यस्तो अवस्थामा इन्टरनेटको गति तीव्र नहुने र गुणस्तर कमजोर हुने हो भने हामी समेत सुस्त हुन पुग्दछौं ।
भायानेटले अत्यधिक तीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवाप्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडि बढ्न सहयोग पु-याउँदै आएको छ । साथै विभिन्न सूचनामुलक, समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदान गर्दै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस