बेलायत प्रस्थान गरे प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- १२ कार्तिक शुक्रबार, २०७८ | ११:२९:०० मा प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । प्रधानमन्त्री देउवासहितको टोली १८ गते स्वदेश फर्किने छ ।
पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।
प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा गृहमन्त्री खाँणले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस