बागमती प्रदेशमा मुख्यमन्त्री दाबी गर्न भाेली ३ बजेसम्मकाे समय
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | १७:२०:०० मा प्रकाशित

मकवानुपर, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ ।
प्रदेश प्रमुख कार्यालयले दुई वा दुईभन्दा बढी दलहरूबाट बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्री पदको दावी गर्न आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज राजीनामा दिएपछि नयाँ सरकार गठन गर्ने बाटो खुलेको हाे ।
शर्माले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि कात्तिक ११ गते बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेको प्रवक्ता कृष्ण आचार्यले जानकारी दिए ।
वाग्मतीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी र जसपाले आन्तरिक तयारी गरिसकेका छन् ।
नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस