प्रधानन्यायाधीश राणाकाे जवाफ : 'म राजीनामा दिन्नँ, दिनैपरे विवादमा तानिएका सबैले राजीनामा दिनुपर्छ'
- गाउँ सहर संवाददाता
- ९ कार्तिक मंगलबार, २०७८ | १३:१५:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । जबराले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको बताएका छन् ।
उच्च स्राेत अनुसार 'विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ । विवादमा आएका सबैले राजिनामा दिनुपर्छ । त्यसरी दिने हो भने म तयार छु । होइन भने म राजीनामा दिन्नँ । सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्याायलय बच्दैन', उनले भने।
मंगलबार बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताएको सर्वोच्च स्रोतले जानकारी दियो ।
मंगलबार उनलाई भेट्न पुगेका सर्वोच्च अदालतकै १५ न्यायाधीशले राजीनामा गर्न सुझाएपछि राणाले यस्तो प्रस्ताव अघि सारेका हुन्। नभए आफूले मात्र राजीनामा नदिने उनको अडान छ ।
मन्त्रिपरिषद् भागबन्डा मागेको लगायतका विषयमा प्रधानन्यायाधीश राणा विवादमा तानिएका छन् । राजीनामा गर्न उनलाई चौतर्फी दबाब छ ।
प्रधानन्यायाधीशसँगको छलफल र सामूहिक छलफलका कारण मंगलबार पनि इजलास प्रभावित हुने भएको छ । सोमबार पनि न्यायाधीशहरू इजलासमा नबसेर आपसी छलफलमा जुटेका थिए ।
सोमबार न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका थिए । चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको र नेपाल बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्राप्त प्रतिक्रिया
Hahaha
Ho sabaile dinu parxa .thikho.
सबैले दिनु पर्छ राजिनामा ....अदालतले देश चलाउने खाेज्नेहरुले ।
राजनिति पुहँच र पैसावालाको रैछ बिचरा! बर्षौ देखि राजनितिमा लागेका, १० बर्ष जनयुद्द गरि आफ्नो जिवन नै राजनितिमा समर्पण गरेकाहरु, देश भक्तिको नारा लगाउनेहरु ,समाज बनाउछु भन्दै हिड्नेहरु, आज इतिहास बनेर जाँदै छन सोचौ ए स्वाभिमानि नेपालि जनता हो कहिलेसम्म तिमिहरु दास बनेर बस्छौ...? #चुनाव #बिशेष
प्रतिकृया दिनुहोस