वातावरण

मंगलबार हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागका अनुसार २०७८ कार्तिक ०९ गते (मंगलबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ ।

देशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता