स्वास्थ्य
पछिल्लाे २४ घण्टामा मुलुकभर थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ६ कार्तिक शनिबार, २०७८ | १७:२४:०० मा प्रकाशित

काठमाडौं । पछिल्लाे २४ घण्टामा मुलुकभर थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ५१३ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार ९७२ नमुनाको पीसीआर परीक्षण गर्दा ४३८ र एक हजार ९५९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८१७ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ८६ हजार ६३० पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस