कर्णाली र सुदूरपश्चिम पुगेर राहत र उद्धारमा कुनै कमी हुन नदिने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता
- गाउँ सहर संवाददाता
- ५ कार्तिक शुक्रबार, २०७८ | १२:५६:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमी वर्षाले उत्पन्न गरेको डुबान, बाढी र पहिरोले प्रभावित कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला पुगेका बाढी पीडितलाई राहत दिने बताएका छन् ।
सुदूरपश्चिमस्थित बाढीपहिरो र डुबान क्षेत्रको अनुगमनमा रहेका प्रधानमन्त्री देउवा कञ्चनपुर पुगेका छन् । कैलाली सदरमुकाम धनगढीबाट शुक्रबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर देउवा अनुगमनमा निस्किएका हुन् ।
बेमौसमी वर्षका कारण सबैभन्दा बढी प्रभावित सुदूरपश्चिममा पुगेर देउवाले योजनाबद्ध रूपमा प्रभावितका लागि राहतका कार्यक्रम र योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितका लागि राहत र उद्धारमा सरकारले कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री देउवाले सुर्खेत, दिपायल, बझाङ, बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा बाढी, डुबान र पहिरोले पारेको प्रभावको निरीक्षण गरेका छन् । उनले महाकाली तटीय क्षेत्र तथा ब्रह्मदेवदेखि कुतियाकभरसम्म हेलिकप्टरबाटै निरीक्षणसमेत गरेका थिए ।
कर्णाली र सुदूरपश्चिमका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रका जनप्रतिनिधि र पीडितबाट देउवाले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्री देउवा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा पूर्वमन्त्रीहरू एनपी साउद र रमेश लेखकलाई साथमा लिएर बाढी र पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न गए छन् ।
त्यसैगरि, अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताएका छन् ।
‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस