एमालेको १० औं महाधिवेशन चितवनमा, बादलकाे नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन
- गाउँ सहर संवाददाता
- ४ कार्तिक बिहीबार, २०७८ | १९:१५:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।
महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' को नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक/एक जना प्रतिनिधि रहने ज्ञवालीले बताए ।
यसअघि एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताइसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस