गाउँ सहर

सिन्धुपाल्चोकमा लगातार दुई वटा परकम्प

काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ ।

आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । 

गाउँ सहर संवाददाता