विश्व

इन्डोनेसियामा शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

  • २४ श्रावण बिहीबार, २०७५ | १७:२९:०० मा प्रकाशित

तानजुङ, इन्डोनेसिया । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । 

यो भूकम्प ५.९ म्याग्निच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ । 

यसैबीच लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१९ इन्डोनेसियका सुरक्षा मन्त्री विरान्तोले जानकारी दिएका छन् । 

उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै मृतकको सङ्ख्या १६४ पुगेको यसअघि जानकारी दिइएको थियो । रासस/एपी

तपाईँको मत