श्रीमतीकाे कुटाइबाट श्रीमानको मृत्यु
- गाउँ सहर संवाददाता
- १ कार्तिक सोमबार, २०७८ | १३:१३:०० मा प्रकाशित

तेर्हथुम । श्रीमतीकाे कुटाइबाट श्रीमानकाे मृत्यु भएकाे छ ।
तेर्हथुमको छथर गाउँपालिकामा पारिवारिक झगडामा श्रीमान्को मृत्यु भएको छ।
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब ९ बजे गाउँपालिका ३ ज्यामिरेका गोविन्दबहादुर लिम्बूको पारिवारिक झगडामा मृत्यु भएको हो।
राति लिम्बू र उनकी ५२ वर्षीया श्रीमती भक्तकुमारीबीच कुटाकुट भएको थियो। घटनापछि प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राति दुवैजनाबीच मादकपदार्थ सेवन गरेपछि झगडा परेको थियो।
घरमा मादकपदार्थ सेवन गरी झगडा भएको र कुटाकुट हुँदा श्रीमान गोविन्दबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रीमती भक्तकुमारी गम्भीर घाइते भएकी छन्। घाइते भक्तकुमारीलाई बिहान करिब पौने १ बजे उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई भर्ना गरिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस