नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा, काे काे परे ?
- गाउँ सहर संवाददाता
- १ कार्तिक सोमबार, २०७८ | ०६:२०:०० मा प्रकाशित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार छनोटका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।
छनोटको समूह ‘बी’मा रहेको नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
समूह ‘बी’ छनोट खेल अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । यस समूहमा रहेको नेपालले पहिलो खेलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।
नेपाली टिम :
मनिष डाँगी, अविशेक रिजाल, अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, ऋतिक खड्का, दर्शन गुरुङ, सुमन अर्याल, गौतम श्रेष्ठ, एरिक विष्ट, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखि, आकाश बुढा मगर, रोशन पहाडी ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस