पछिल्लाे २ महिनामा पाम तेल निर्यात बढ्याे
- गाउँ सहर संवाददाता
- ३१ असोज आइतबार, २०७८ | ०८:२०:०० मा प्रकाशित
काठमाडौँ । भारतको प्रतिबन्ध फुकुवा भएपछि प्रशोधित पाम तेलको निर्यातमा उच्च वृद्धि देखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्र भारततर्फ रू. ७ अर्ब ५० करोड ६१ लाख बराबरको प्रशोधित पाम तेल निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापार सम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो । परिमाणका आधारमा समीक्षा अवधिमा ४ करोड ३ लाख ४६ लिटर पाम आयल भारततर्फ निकासी भएको विभागको तथ्याङ्कले देखाएको छ ।
भारत सरकारले गत असार (जुलाई १ तारिख) देखि प्रशोधित पाम आयलको आयात खुल्ला गरेको थियो । भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले पाम तेलको आयात खुला गरेको थियो । त्यसपछि नेपालका तेल उत्पादक उद्योगहरूले भारततर्फ पाम आयल निर्यात गर्न थालेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस