स्वास्थ्य

काठमाडौँ उपत्यकामा ११८ जनामा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २७२ जना संक्रमित थपिएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ ।

गाउँ सहर संवाददाता