काठमाडाैं गुर्खाजसँगकाे हारसँगै एनपिएल लिगबाट बाहिरियो लुम्बिनी लायन्स
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर बुधबार, २०८१ | १६:२८:०० मा प्रकाशित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।
काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो ।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा २ चौका प्रहार गरे । उन्मुक्त चन्दले १९ बलमा १३ रनमा कप्तान करण केसीको बलमा आउट भए । सुर्य तामाङ ११ रन जोड्दै नट आउट रहे । कप्तान रोहित पौडेल ८, टम मुर्स ६ तथा ओपनर आशुतोष घिरैया ४ रनमा आउट भए । काठमाडौंका लागि कप्तान करण केसीले ४, दीपेश कंडेलले ३ तथा जेहार्ड एरास्मसले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भएको थियो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा १ चौका प्रहार गरेका थिए । भीम अभिषेस गौतमको बलमा आउट भएका हुन् ।
१३औं ओभरको पाँचौ बलमा भीमले जीवनदान पाए । भीमलाई बलर विवेक यादवले रन आउट गराउन चुके । त्यो समयमा भीम २४ रन बनाएर खेलिरहेका थिए ।
ड्यान ड्वाथवेट २१ रन बनाएर आउट भए । २४ बलको सामना गरेका ड्याथवेट विवेकको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए ।
प्रतिक श्रेष्ठले १४ बलमा २ छक्काको सहयोगमा २० रन बनाउँदै आउट भए ।
काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए । लेभिट रेमन सिमोण्डसको बलमा बोल्ड आउट भए । दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए । स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए ।
काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउदै आउट भए । एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए । एनपिएलमा खास चल्न नसकेका एरास्मसले ४ खेलमा सर्वाधिक ३८ रन बनाएका छन् । उनले चितवन राइनोजसँग ४, कर्णाली याक्सविरुद्ध ३८ तथा सुदूरपश्चिम रोयल्ससँगको खेलमा १० रन जोडेका छन् ।
सातौं विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सूर्य तामाङको बलमा आउट भए । लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिशेष गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए ।
लुम्बिनीकाे ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । हारसँगै प्रतियोगिताबाट बाहिरिने लुम्बिनी पहिलो टोली बनेको छ । लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । मंगलवार चितवनलाई पराजित गरेको थियो ।
४ खेलमा २ मा हार र २ मा जितका साथ काठमाडौं तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै रहेको छ ।बुधवारको पहिलो खेलमा शीर्ष स्थानको जनकपुरलाई दोस्रो स्थानको सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
बिहीबार प्रतियोगितामा २ खेल हुनेछ । पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा 4G मोबाइल सेवा विस्तार
- आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
- क्यानसँगकाे सम्झाैताबाट बाहिरिने सन्दीपको निर्णय
- जेठको लागि बैंकहरूकाे नयाँ ब्याजदर प्रकाशित
- संसदमा सत्तापक्षी र प्रतिपक्षीका यस्ता तर्क (लाइभ)
- विवाहमा छोराबुहारीलाई बीमालेख उपहार
- सगरमाथा संवादमा १ सय ७५ विदेशी विशिष्ट पाहुना सहभागी हुने
- प्रतिनिधिसभा बैठककाे यस्ताे कार्यसूची
- दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई थप ५ दिन म्याद थप
- हङकङसँगकाे हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का
प्रतिकृया दिनुहोस