विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या अब १ करोड ७८ लाख
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | ०४:४२:०० मा प्रकाशित

काठमाडौँ । विश्वमा अब कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ करोड ७८ लाख ८४ हजार ९५६ रहेको छ ।
वर्ल्डोमिटर्स डट इन्फो कोरोनाभाइरसको ताजा अपडेटनुसार विश्वमा यो रोगबाट २३ करोड ८९ लाख ४९ हजार ८८५ संक्रमित हुँदा २१ करोड ६१ लाख ९३ हजार २५८ जनाले रोग जितेका छन् । तर ४८ लाख ७१ हजार ६७१ जनाले भने ज्यान गुमाएका छन् ।
इन्फोका अनुसार सक्रिय संक्रमितमध्ये ८१ हजार ९३९ को अवस्था एकदमै गम्भीर छ । जुन ०.५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा विश्वभर थप ४ हजार १४५ जनाको मृत्यु भएको छ । २ लाख ८४ हजार ७७१ नयाँ सक्रमित थपिएका छन् भने ३ लाख ५० हजार १३७ निको भएका छन् ।
यता नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनाकाे परीक्षण गर्दा नयाँ ७८५ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख २ हजार ८६१ र एन्टिजेनबाट ९३ हजार ११६ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ८८८ छन् । जुन ९६.८ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको छ ।
अहिले ३१४ संक्रमित आइसियू र १११ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १३ हजार ६२२ र १ हजार १६५ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ छ । पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६२ हजार ७७६ पुगेको छ । पछिल्लो समय १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसा संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७८.९ रहेको छ । अहिले ७ जिल्लामा ५०० बढी संक्रमण र १७ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
प्रतिकृया दिनुहोस