डिजिटल कारोबार गर्नेलाई एनआईसी बैंकले उपहारदेखि २५ प्रतिशतसम्म क्यासब्याक गर्ने
- गाउँ सहर संवाददाता
- २४ असोज आइतबार, २०७८ | २०:२८:०० मा प्रकाशित

काठमाडाैं । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहक महानुभावहरूलाई आकर्षक उपहार देखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट प्रदान गरिनेछ ।
ग्राहकलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पोस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।
बैंकले २०७८ आश्विन २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत एइक् कारोबार गर्ने ग्राहक महानुभावहरूलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याएको छ । जसअनुसार पहिलोपटक पोस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याज अफर रहेको छ ।
त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई २०७८ आश्विन २१ देखि कात्र्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहक महानुभावहरूलाई पानासोनिकको तर्फबाट ३२ इन्च टिभी, सीजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रुपको तर्फबाट यासुदा ओभन, गाइया होलिडे होम धुलिखेलको तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, हङकोका सारंगाको तर्फबाट एक जोडीलाई डिनर प्याकेज, साथीमार्टको तर्फबाट १० जना भाग्यशाली विजेतालाई रू.१,००० को शपिङ्ग भौचर, अर्चिड ग्रुपको तर्फबाट यस बैंकको कार्डहरू प्रयोग गरी रू.५,००० भन्दा बढिको खरिदमा रू.५०० बराबरको गिफ्ट भौचर र अवेईको तर्फबाट एक जनालाई भ्बचदगम प्रदान गरिनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस