वातावरण

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरूमा वर्षा

झापा । आज २०७८ आश्विन २३ गते शनिबार, जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै विभागका अनुसार राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता