क्राइम फाइल्स, कार्तिकबाट प्रशारण हुँदै
- गाउँ सहर संवाददाता
- २१ असोज बिहीबार, २०७८ | १८:१०:०० मा प्रकाशित

काठमाडाैँ । अपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।
नेपाल भित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने छ । नेपाल प्रहरीले सुल्झाएका धेरै अपराधिक घटना मध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरु समेटेर क्राइम फाइल्स निर्माण गरिएको हो ।
यस कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने विश्वास क्राइम फाइल्स टोलीले लिएको छ । कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने सह–प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल रहेका छन् ।
कार्यक्रमलाई एड प्याड र रोमा प्रोडक्सनले निर्माण गरेका हुन् भने कार्यक्रमको मेकिङ टि–फोल्क्स् प्रोडक्सनले गरेको हो । क्राइम फाइल्सको बजार व्यवस्थापन एड रिलिजले गर्ने छ र यसको होस्ट सुरज गिरीले गर्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस