क्राइम फाइल्स, कार्तिकबाट प्रशारण हुँदै
- गाउँ सहर संवाददाता
- २१ असोज बिहीबार, २०७८ | १८:१०:०० मा प्रकाशित
काठमाडाैँ । अपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।
नेपाल भित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने छ । नेपाल प्रहरीले सुल्झाएका धेरै अपराधिक घटना मध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरु समेटेर क्राइम फाइल्स निर्माण गरिएको हो ।
यस कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने विश्वास क्राइम फाइल्स टोलीले लिएको छ । कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने सह–प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल रहेका छन् ।
कार्यक्रमलाई एड प्याड र रोमा प्रोडक्सनले निर्माण गरेका हुन् भने कार्यक्रमको मेकिङ टि–फोल्क्स् प्रोडक्सनले गरेको हो । क्राइम फाइल्सको बजार व्यवस्थापन एड रिलिजले गर्ने छ र यसको होस्ट सुरज गिरीले गर्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस