अर्थतन्त्र

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका शेयरधनी मालामाल

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई कुल २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेत गरी कुल २१ दशमलव दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष शेयरधनीलाई १६ दशमलव ९४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत