मनकामना मैलुङ र स्वाभिमान लघुवित्तले कमाए, सेयर बजार रातै तरपनि ४ अर्ब ११ करोड ३८ लाख बढीकाे काराेबार
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | १५:३२:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ ।
आज नेप्से ५५.९३ अंकले घटेर दुई हजार पाँच सय ७७ दशमलब ५० विन्दुमा थामिएको छ ।
त्यस्तै, आज ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना मैलुङ खोला जलविद्युत कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेका छन् । आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.५ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस