मनकामना मैलुङ र स्वाभिमान लघुवित्तले कमाए, सेयर बजार रातै तरपनि ४ अर्ब ११ करोड ३८ लाख बढीकाे काराेबार
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | १५:३२:०० मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ ।
आज नेप्से ५५.९३ अंकले घटेर दुई हजार पाँच सय ७७ दशमलब ५० विन्दुमा थामिएको छ ।
त्यस्तै, आज ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ बराबरको कारोबार भएको छ ।
.png)
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना मैलुङ खोला जलविद्युत कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेका छन् । आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.५ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस