कोरोनाभाइरसलाई २१ करोड २१ लाख १३ हजार बढीले हराए, वैश्विक अवस्थामा उल्लेख्य सुधार
- गाउँ सहर संवाददाता
- १७ असोज आइतबार, २०७८ | ०३:४३:०० मा प्रकाशित

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण २३ करोड ५३ लाख ५५ हजार ९५९ जना संक्रमित भएका छन् भने २१ करोड २१ लाख १३ हजार ९१२ ले भने रोग जितेका छन् । यसमा ४८ लाख १० हजार ३४० ले भने ज्यान गुमाएका छन् ।
पछिल्लो समयमा विश्वका २२३ देश तथा भूभागमा भाइरसका कारण ५ हजार १७४ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म, नेपालको समयानुसार विहानको साढे तीन बजेको अपडेटमा सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८४ लाख ३१ हजार ७०७ रहेको छ । यो अघिल्लो दिनभन्दा केही बढी हो । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइसकानुसार कुल सक्रिय संक्रमितमध्ये ८७ हजार ७३९ जनाको अवस्था भने चिन्ताजनक छ जुन ०.५ प्रतिशत हो । यो संख्या अघिल्लो दिनको तुलनामा कम हो ।
अहिलेसम्मका केशहरू मध्ये ९९.५ प्रतिशत डिस्चार्ज भएका छन् भने २ प्रतिशतको मृत्यु भएको इन्फोले बताएको छ । स्वास्थ्य मापदण्ड र खोपका कारण अहिले भाइरस तल परेको अवस्था छ ।
भाइरसका कारण अमेरिका, भारत, ब्राजिल, बेलायत, रशिया, टर्की, फन्स, इरान, अर्जेनिटना र स्पेन बढी प्रताडित छन् ।
नेपालकाे अवस्था हेर्ने हाे भने पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार २१९ को परीक्षण हुँदा ८६७ संक्रमित थपिएका छन् । जसमा महिला ४०.६३ र पुरूष ५९.३७ प्रतिशत छन् । अहिलेसम्म भएका परीक्षण र पहिचान भएका संक्रमितमध्ये ३५० सघनमा र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या १ हजार १२३ छ । जुन ९६.४ प्रतिशत हो । अहिलेसम्म कुल निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २३९ र होम आइसोलेशनमा रहेको संख्या १६ हजार ३७१ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार २७१ छ । देशमा सक्रिय संक्रमितको संख्या अब १७ हजार ६४२ रहेको छ ।
अहिलेसम्म कोरोनाविरुद्धको पूर्ण खोप प्राप्त गर्नेको संख्या ६३ लाख ४८ हजार २७९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत रहेको र मृत्यु प्रति दशलाखमा ३७६ रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस