वातावरण

शनिबारकाे माैसम, मध्यम वर्षा तर प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षा

काठमाडाैँ । २०७८ आश्विन १६ गते शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती  प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ ।

गाउँ सहर संवाददाता