कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु, निको हुनेको प्रतिशत ९६.३
- गाउँ सहर संवाददाता
- १५ असोज शुक्रबार, २०७८ | १६:५५:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६८ को परीक्षण गर्दा नयाँ १ हजार ६६ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ९५ हजार ९५९ र एन्टिजेन विधिबाट ९१ हजार ७२१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या ९३८ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६६ हजार ६९६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ३५४ जना संक्रमित सघन र ११६ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २४२, होम आइसोलेशनमा रहने १६ हजार ८८१ र संस्थागत आइसोलेशनमा १ हजार २३४ रहेका छन् ।
देशमा सक्रिय संक्रमण १८ हजार ११५ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९६.३ छ । पूर्ण खोप लगाउनेको संख्या ६३ लाख २८ हजार ३२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २ लाख १७ हजार ३९१ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.९ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७५.७ रहेको छ । अझैपनि ९ जिल्लामा ५०० बढी संक्रमित र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस