पोखरा १७ मा जेष्ठ नागरिक मञ्चको अधिवेशन सम्पन्न
- गाउँ सहर संवाददाता
- १३ असोज बुधबार, २०७८ | २१:२९:०० मा प्रकाशित
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा जेष्ठ नागरिक मञ्चको प्रारम्भिक साधारण सभा एवम् अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले टोपराज ढुङ्घानाको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।
तीन वर्षे कार्यकाल रहेको सो समितिको बरिष्ठ उपाध्यक्षमा देवीबहादुर थापा, उपाध्यक्ष विष्णु बास्तोला, सचिव धर्मदत्त तिमिल्सिना, सहसचिव भिमप्रसाद सुवेदी, कोषाध्यक्ष पद्मवन्धु पोखरेल रहेका छन् ।
त्यसैगरी समितिको सदस्यमा विष्णुप्रसाद तिमिल्सिना, भविमाया परियार, माया बराल, हरिप्रसाद बराल, परशुराम ओझा, खिमलाल बराल र सीता पराजुली निर्वाचित भएका छन् ।
पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले उक्त अधिवेशनको उद्घाटन गर्दै जेष्ठ नागरिक दिवासेवा केन्द्रलाई वडा कार्यालयबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा ९६ वर्षीय चन्द्रकान्त भण्डारी र ८४ वर्षीय कर्णाखर भण्डारीलाई तातोपानी खाने थर्मस प्रदान गरिएको थियो । मञ्चद्वारा सञ्चालित दिवासेवा केन्द्रमा ६५ वर्षदेखि ९६ वर्षसम्मका ९७ जना जेष्ठ नागरिक आवद्ध रहेका छन् ।
कार्यक्रममा कार्यपालिका सदस्य राधिका शाही योगी, वडा सदस्य शान्ता गुरुङ, हरि बराल, भिम सुवेदी, धर्मदत्त तिमिल्सिना लगायतले जेष्ठ नागरिक मञ्चको महत्ववारे बोलेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्रतिकृया दिनुहोस