विकास साझेदारहरुद्वारा पुनर्निर्माण प्रगतिको प्रशंसा
- गाउँ सहर संवाददाता
- १२ असोज मंगलबार, २०७८ | ०८:४९:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धिहरु हासिल भएको निश्कर्ष निकालेको छ ।
साेमबार सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु संप्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारहरुबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ ।
बैठकले विकास साझेदारहरुबाट पुनर्निर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिहरुलाई ग्रहणसमेत गरेको छ ।
कार्यक्रममा विश्व बैंक, एडिबी, युएनडिपी, जाइका, एफसिडिओ, युएसएआइडी, युनिसेफ, युएनओपिएस लगायतका विकास साझेदार निकायका नेपाल प्रमुख तथा प्रतिनिधिहरुले नेपालको पुनर्निर्माणमा आ–आफ्ना निकायको प्राविधिक तथा वित्तीय सहयोग तथा प्रगतिहरुको बारेमा धारणा राखेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस