विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघ्याे, नेपालकाे अवस्थामा सुधार
- गाउँ सहर संवाददाता
- १२ असोज मंगलबार, २०७८ | ०८:२४:०० मा प्रकाशित

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४१ हजार ४६५ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै मंगलबार बिहान ८ः१६ सम्म विश्वभर संक्रमितको संख्या २३ करोड ३० लाख ७२ हजार १४९ पुगेको छ ।
सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख १९ हजार ४३१ छ । यसमध्ये ९२ हजार १६८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै विश्वभर अहिलेसम्म २० करोड ९७ लाख ८३ हजारभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार ११२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या झण्डै एक लाखले बढी छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ लाख ६९ हजार ३०८ पुगेको छ ।
बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ६४ हजार १८६ जनामा संक्रमण भएको छ । यस्तै थप ५५१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ७ हजार ९६८ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी ब्राजिलमा ५ लाख ९४ हजार ७०२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ ।
दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३० हजार संक्रमित देखिन थालेका छन् । भारतमा बुधबार बिहानसम्म ४ लाख ४७ हजार ४०६ संक्रमितको मृत्यु भएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएकाे छ भने ९६.२ प्रतिशत निकाे हुने रहेका छन् । खाेपकै कारण अवस्था अहिले सुध्रिएकाे बताइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस